An exclusive college for Science and Management
भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग

चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस एकीकृत इन्ट्रान्स १८ हजार बढी विद्यार्थी सहभागी थिए । जसमध्ये ६ हजार ६ सय ६९ विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरे । बुधबार प्रकाशित रिजल्टमा तीनै उत्तीर्ण विद्यार्थीहरुमध्येमा छात्रातर्फ सबैभन्दा बढी अंक ल्याएर अदिती कुमारी जैन टप भइन् । उनले २ सय पूर्णांकमा १७१.५ अंकसहित प्राप्त गरेर छात्रातर्फ सर्वोत्कृष्ट भएकी हुन् । सुनसरीको हरिनग्रा गाउँपालिका–४ की २० वर्षीया अदिती बुधबार साँझ अबेर एमबीबीएस इन्ट्रान्समा छात्रातर्फ टप गरेको रिजल्ट संचारमाध्यबाट थाहा पाइन् । छात्रातर्फमा सबैभन्दा बढी अंक ल्याएर टप गरेको कुरा उनका बुवा अजयकुमार र आमा सुदा जैनलाई सुनाइन् । छात्रातर्फ टप र समग्रमा चौथो पोजिनसमा उनले नाम निकालेकी छिन् ।

अदिती विराटनगरस्थित शिक्षादीप कलेजबाट विज्ञान संकायबाट कक्षा १२ मा ३.७९ जीपीए ल्याएर उत्तीर्ण गरेकी थिइन् । एमबीबीएसको इन्ट्रान्समा छात्रातर्फ सर्वोत्कृष्ट भएपछि अदिती र उनका बावु अजयलाई निकै खुसी छन् । अदितीका बुवा अजयले छोरीको मेहनतको कारणले सफलता मिलेको बताए । ‘पढाइमा छोरी सानैदेखि मेहनत गर्ने गरेकी थिइन् । आज आएर सफलता हात मिलेको छ,’ उनले भने, छोरी अघि बढ्दै गर । प्रगति गर । एकदमै खुसी छु ।’

सुनसरीको ग्रामीण क्षेत्रमा सामान्य परिवारमा वि.सं. २०५९ साल असोज ९ गते जन्मिएका हुन्, अदिती । उनका बुवा अजय हार्डवेयरको सामान्य व्यापार गर्दै आएका छन् । आमा सुदा गृहणी हुन् । किसान परिवारमा जन्मिएकी अदिती घरबाट विराटनगर पुग्न झण्डै ३० किलोमिटर लामो यात्रा तय गर्नुपर्छ । उनले हरीनग्राको सामुदायिक विद्यालयबाट एसइई दिइन् । वि.सं. २०७६ सालमा उनी हरीनग्रा माविबाट ३.७ जीपीए ल्याएर एसईईमा उत्तीर्ण भइन् । त्यसपछि थप उच्च शिक्षाका लागि उनी विराटनगर आइन् । विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययन गरिन् । उनले कक्षा ११ र १२ दुवैमा नै ३.७९ जीपीई ल्याएकी छन् । अदितीको भविष्यमा कार्डियोलोजिष्ट बन्ने रुचि छ ।

Link : Youtube Link

News Portal Link : Health Awaz