An exclusive college for Science and Management
शिक्षादीपका उत्कृष्ट विद्यार्थी पुरस्कृत

विराटनगर : शिक्षादीप कलेज विराटनगरले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरेका कलेजले लिएका दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगदसहित पुरस्कृत गरेको हो ।

कक्षा ११ र कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थीलाई नगदसहित सम्मान गरेको कलेजका निर्देशक भूपेन्द्र दाहालले जानकारी दिए । कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले विद्यार्थीलाइ पुरस्कार वितरण गरेका थिए ।

News Source: Udghosh Daily