An exclusive college for Science and Management
शिक्षादीपको विशेष प्राथमिकतामा आईटी : प्रिन्सीपल खड्का

शिक्षादीप कलेज विराटनगरले सूचना प्रविधि (आईटी) ले विशेष प्राथमिकतामा राखेर कार्यक्रम शुरु गरेको छ । शनिबार सम्पन्न कार्यशालामा कलेजले कक्षा १२ को कम्प्युटर साईन्स अन्तरगतका ४ सय विद्यार्थीलाई सहभागि गराएको थियो । केही समय अघि कलेजले विज्ञान कार्यशाला गरेको थियो । कक्षा ११ र १२ मा गरि २ हजार ५ सय बढी विद्यार्थी शिक्षादीपमा अध्ययनरत छन् । कलेजले शनिबार सम्पन्न गरेको सूचना प्रविधि (आईटी) कार्यशालामा केन्द्रीत रहेर प्रिन्सीपल ज्ञानबहादुर खड्कासँग अरुण खवरले गरेको कुराकानीको सार संक्षेप :

आईटीको पहिलो कार्यशाला कस्तो रह्यो ?
एकदम राम्रो रह्यो । ७ दिनको कार्यशाला आज सम्पन्न गरेका छौं । कार्यशालाको अन्तिम दिन हामीले विराटनगरको सिटी प्यालेसमा कार्यक्रम गरि समापन गरेका छौं । समापन कार्यक्रममा विद्यार्थीको प्रस्तुती राम्रो रह्यो । कार्यशालामा कक्षा १२ मा कम्प्युटर साईन्स लिएर पढ्ने विद्यार्थी मात्रै सहभागि भएका थिए । कार्यशालामा ४०० विद्यार्थी सहभागि भएका थिए । उनीहरुले इथिकल ह्याकिङ, कोडिङमा राम्रो ज्ञान लिएका छन् । यसमा हामीले ५–६ वटा विधालाई लिएका छौ । विद्यार्थी आफैले वेभपेज बनाउन सक्ने भएका छन् । आफ्नो प्रोफाइल बनाउन सक्ने भएका छन् । यसलाई हामी निरन्तर रुपमा लैजान्छौं ।

सूचना प्रविधि (आईटी) लाई विशेष प्राथमिकतामा राख्नु भयो नि किन ?
शिक्षादीप भिन्न काम गर्न रुचाउँछ । समय सापेक्ष जान रुचाउँछ । हामीले विज्ञान र प्रविधि मात्रै हैन । मैले महसुस गरेका कुरा मेरो कलेजको राम्रो विद्यार्थी छ । उसले इन्जिनियरिङ पढ्यो । इन्जिनियरिङका लागि पुलचोकमै नाम निकाल्यो । अर्थात विश्वको कुनै पनि ठाउँमा नाम निकाल्यो । उसले आफ्नो जीवनलाई त्यही अनुसार जिउन सक्यो । तर, दिमागी रुपमा कमजोर विद्यार्थी हुन्छ । उसको पनि जीवन छ नी । उसलाई पनि त्यसरी नै हिँड्न मन लाग्ला । आफ्ना बा आमालाई त्यसरी नै पाल्न मन लाग्ला । त्यसकारण स्कोप पहिल्याईदिने काम हाम्रो हो । विद्यार्थीलाई तिमी यो लेभलमा छौं । तिमी यहाँ जाउ । तिम्रो लेभल यो छ यसरी पनि तिम्रो लाईफ बन्न सक्छ । इन्जिनियरिङ भन्दा कम्ती हुँदैन भनेर हामीले यसरी लिएर गईरहेका छौं । हामीले धेरै कार्यक्रम खोजी रहेका छौं । साईन्समा आईटी, साईन्स वा कम्प्युटर लिनेलाई आईटी हो भने व्यवस्थापनमा एसीसीए कार्यक्रम पनि शुरु गरेका छौं । धेरै कुराहरु समेटेर लैजान खोजिरहेका छौं । विद्यार्थीलाई पढाई सँगसँगै । पढाईमा राम्रो विद्यार्थी डाक्टर होला । तपाईहरुले देखिरहनु भएको छ । हामीले २–२ पटक टप गरिसक्यौं । इन्जिनियरिङमा सयौं विद्यार्थीले नाम निकाल्छन् । त्यस बाहेक पनि अरु विद्यार्थी छन् । ति विद्यार्थीलाई हामी कसरी अगाडी बढाउन सक्छौं त भन्ने हामीले अनुसन्धान गर्दा आईटीमा हामीले राम्रो स्कोप देख्यौं । एउटा विद्यार्थीले ल्यापटप लिएर वा कम्प्युटर लिएर आईटीमा एउटा ज्ञान लियो भने आफ्नो जिविकोपार्जन गर्न सक्छ भनेर सोचेरै आईटीलाई विशेष प्राथमिकता दिएर यो कार्यक्रम सञ्चालन गरेका छौं ।

विज्ञान र प्रविधिमा शिक्षादीपको विशेष जोड हो ?
विश्वमा अहिले सूचना प्रविधि (आईटी) को जति ‘स्कोप’ छ । आईटीले छलाङ मारेको छ । त्यसैलाई हामीले पनि खोजेको मात्रै हो । हामीले के बु्झाउन खोज्दै छौं भने आईटी सेक्टर जस्तै – तपाईहरु अहिले जसरी अन्र्तवार्ता लिई रहनु भएको छ । यो पेपर लिएर लिई रहनु भएको छैन । क्यामेरा बोक्नु भएको छ । रेकर्डर बोक्नु भएको । मोवाइल बोक्नु भएको छ । यो आईटीको योगदान हो । यो कुरा विद्यार्थीलाई शुरु देखि नै दिन सक्यौं कक्षा ११ देखि नै दिन खोजिरहेका छौं । हामीले के थाहा पायौं भने विद्यार्थीलाई आाईटीको ज्ञान दियौं भने विद्यार्थी आफ्नो खुट्टामा आफै उभिन सक्छन् । विद्यार्थी डाक्टर र इन्जिनियर मात्रै बन्नु पर्छ भन्ने छैन । विद्यार्थी बैंकर नै बन्नु पर्छ भन्ने छैन । हामीले के थाहा पायौं भने विद्यार्थीलाई आईटीमा एउटा मात्रै ज्ञान, सीप भयो भने त्यो विद्यार्थीले आफ्नो जीवन राम्ररी विताउन सक्छ । उसले आफ्नो पेशाा बनाउन सक्छ भन्ने महसुस भएर अहिले हामीले कक्षा ११ देखि नै कार्यशाला, तालिमको माध्यमबाट प्रतिष्ठित आईटी कम्पनी कोड हिमालयसँग हामीले विराटनगरमा यो शुरुवात गरेका हौं ।

विद्यार्थीको रुची आईटीमा बढको हो ?
एकदम सही हो । तपाईहरुले समाचार हेरिहनु भएको होला । विशेषगरि इन्जिनियरिङ पढ्न विद्यार्थीलाई ५–६ वर्ष लाग्छ । तर, त्यो खालको सीपयुक्त जनशक्ति निस्किरहेको छैन । रोजगारीको समस्या देखिएको छ । पुलचोकबाट निस्किएको इन्जिनियरले मासिक ५० हजार कमाउन निकै हम्मे–हम्मे पर्छ । तर आईटी सेक्टरमा के देखिएको छ भने ल्यापटप लिएर बसेको मान्छेले त्यो भन्दा बढी कमाउन सक्ने रहेछ । हामीले पनि सफ्ट माईन्ड आईटी कम्पनी खोलेका छौं । त्यसका लागि हामीले जनशक्ति खोज्दा १ लाख भन्दा तलको जनशक्ति पाएका छैनौं । यसमा डिग्री भन्दा सीप भन्ने रहेछ । सीप जसले हासिल गर्न सक्छ उसले यसले जुनसकै ठाउँमा बसेर काम गर्न सक्ने हामीले देख्यौं । सामान्य विद्यार्थीले पनि दक्षता हासिल गर्न सक्ने, आय आर्जन गर्न सक्ने, क्यारियर बनाउन सक्ने भएकाले यतातिर यसको स्कोप भएको हामीले महसुस गरेका छौं ।

तपाइँहरु शिक्षादीपलाई ‘लिडिङ अर्गनाईजेसन’ भन्नुहुन्छ कसरी ?
त्यो महसुस गर्ने कुरा हो । हामी हौ भनेर दावा गर्न त मिल्दैन । तर तपाईहरु आफैले महसुस गर्ने कुरा पनि हो । हामीसँग एउटा महसुस त्यो एउटा दायीत्व हामीले स्वकीकारेका छौ । त्यसैले शिक्षादीप लिडिङ अर्गनाईजेसन हो यसमा दुई मत नै छैन । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ हेर्नु होला । सवैभन्दा बढी विद्यार्थीले रुचाएको हाम्रो कलेजको कक्षा ११ मा १ हजार १११ विद्यार्थी भर्ना भएका छन् । यसबाट पनि हामीले त्यो कुरा बुझ्छौं । त्यसकारणले हामीले बुझ्नु पर्छ । विराटनगरमा काठमाण्डौं बाहिर पनि काठमाण्डौं सरहको शिक्षा दिन सकिन्छ । तालिम दिन स किन्छ भनेर हामीले नेतृत्व गरेका मात्रै हौं । अरु कमजोर छन भन्न खोेजिएको हैन । विराटनगरमा अरु कलेज पनि एक सय एक छन् । तर, हामीले नेतृत्वदायी भूमिका निभाउँदैछौं । त्यसमा अहिले हामीलाई समयले साथ दिएको छ । विद्यार्थीले साथ दिएका छन् । अभिभाकले रुचाउनु भएको छ ।